शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा १४ अंकको गिरावट, १ अर्ब २० करोडको कारोबार

बुधबार, ०१ चैत २०७९, १५ : १२
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा १४ अंकको गिरावट भएको छ । यस दिन नेप्से सूचक १४.४४ अंकले घट्दै १९ सय ३८.६२ अंकको विन्दुमा झरेको हो । 

१४ अंकमाथिले नेप्से घट्दै गर्दा आज १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । 

१३ वटा उपसूचक मध्ये १२ वटा उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक भने ०.५१ प्रतिशतले बढेको छ । यस दिन माइक्रोफाइनान्स समूहको उपसूचक १.८६ प्रतिशतले घटेको छ भने अन्य ११ वटा उपसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।

आज युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ५.९० प्रतिशतले गुमाउन पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप