नेप्सेमा १४ अंकको गिरावट, १ अर्ब २० करोडको कारोबार
बुधबार, ०१ चैत २०७९, १५ : १२
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा १४ अंकको गिरावट भएको छ । यस दिन नेप्से सूचक १४.४४ अंकले घट्दै १९ सय ३८.६२ अंकको विन्दुमा झरेको हो ।
१४ अंकमाथिले नेप्से घट्दै गर्दा आज १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
१३ वटा उपसूचक मध्ये १२ वटा उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक भने ०.५१ प्रतिशतले बढेको छ । यस दिन माइक्रोफाइनान्स समूहको उपसूचक १.८६ प्रतिशतले घटेको छ भने अन्य ११ वटा उपसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।
आज युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ५.९० प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण