स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित युवक पक्राउ
बिहीबार, ०२ चैत २०७९, १२ : १५

काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका–३ बाट प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय बिमलेश पाण्डे छन् ।
आरोपीको साथबाट ९ लाख ९८ हजार ३ सय भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा पाण्डेको साथमा सो रकम फेला परेको थियो ।
प्रहरीले उनिबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने