रन्जना निरौलाको कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण

काठमाडौँ । साहित्यकार रन्जना निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । भारतको भुवनेस्वरमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा अंग्रेजी भाषाको उक्त पुस्तक लोकार्पण गरिएको हो ।
कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर, गीतिका कोहली, कस्तुरिका तथा नेपालका वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, दिनेश अधिकारी र रन्जना निरौलाले सामुहिक रुपमा कवितासंग्रहको विमोचन गरे ।
कविताका बारेमा गीतिका कोहली, कस्तुरिका, दिनेश अधिकारी र तुलसी दिवसले बोलेका थिए । वितास्ता पब्लिकेसन दिल्लीबाट प्रकाशित अंग्रेजी भाषामा लेखिएको निरौलाको नयाँ कवितासंग्रह अमाजन इंडिया र फ्लिप्कार्ट अनलाइनमा उपलब्ध छ । उक्त महोत्सवमा नेपालबाट सहभागी साहित्यकार रञ्जना निरौला र सुमित शर्मालाई ओडिसाका गभर्नर प्रोफेसर गनेशी लाल, पद्म विभुषण शिताकान्त महापात्र तथा वरिष्ठ कवि तुलसी दिवसद्वारा बुक अवार्ड प्रदान गरिएको थियो ।
कवितासंग्रहको मूल्य १९९ भारु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार
-
संसद्बाट निलम्बित भएका संसदीय दलका नेता किन ?
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
-
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
-
तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?