सरकार अस्थिर हुने गरेकाले नीति निर्माणको काम प्रभावकारी भएन : खिलराज रेग्मी

काठमाडौँ । पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार अस्थिर हुने गरेकाले देशमा नीति निर्माणको काम प्रभावकारी रूपमा हुन नसकेको बताएका छन् । बिहीबार फोकस नेपाल संस्थाको १० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजना गरिएको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौतीहरू’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्व मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकार अस्थिर भएको बताए ।
उनले सरकार स्थिर हुन नसक्दा नीति निर्माणको काम हुन नसकेको बताए । उनले सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै प्राथमिकतामा परेको भन्दै दीर्घकालीन नीतिगत सोच र कार्ययोजना ल्याउन नसकेको बताए । सरकारले दैनिक रूपमा गर्नुपर्ने प्रशासनिक कामभन्दा बाहेक अरू गर्न नसकेको बताए । रेग्मीले वर्तमान सरकारलाई ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने उखानसँग तुलना गरे ।
त्यस्तै विचार गोष्ठीमा बोल्दै पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन ल्याउनतर्फ कोही सचेत बताए । ऐन ल्याउनेतर्फ कसैलाई मतलब नहुँदा समयमा आउन नसकेको उनको भनाई छ । उनले ऐन ल्याउने कसरत गर्दा टेबलैपिच्छे अड्किने गरेको र अर्को टेबलमा पुग्न नै ३ महिना लाग्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही