सरकार अस्थिर हुने गरेकाले नीति निर्माणको काम प्रभावकारी भएन : खिलराज रेग्मी
काठमाडौँ । पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार अस्थिर हुने गरेकाले देशमा नीति निर्माणको काम प्रभावकारी रूपमा हुन नसकेको बताएका छन् । बिहीबार फोकस नेपाल संस्थाको १० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजना गरिएको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौतीहरू’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्व मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकार अस्थिर भएको बताए ।
उनले सरकार स्थिर हुन नसक्दा नीति निर्माणको काम हुन नसकेको बताए । उनले सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै प्राथमिकतामा परेको भन्दै दीर्घकालीन नीतिगत सोच र कार्ययोजना ल्याउन नसकेको बताए । सरकारले दैनिक रूपमा गर्नुपर्ने प्रशासनिक कामभन्दा बाहेक अरू गर्न नसकेको बताए । रेग्मीले वर्तमान सरकारलाई ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने उखानसँग तुलना गरे ।
त्यस्तै विचार गोष्ठीमा बोल्दै पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन ल्याउनतर्फ कोही सचेत बताए । ऐन ल्याउनेतर्फ कसैलाई मतलब नहुँदा समयमा आउन नसकेको उनको भनाई छ । उनले ऐन ल्याउने कसरत गर्दा टेबलैपिच्छे अड्किने गरेको र अर्को टेबलमा पुग्न नै ३ महिना लाग्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण