आज दिउँसो काठमाडौँमा पानी पर्ने, तराईमा हावाहुरी
शुक्रबार, ०३ चैत २०७९, ०८ : १५
काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।
अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन्। उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ।
आज काठमाडौँमा दिउँसो १-२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको कँडेलको भनाइ छ। तर, लामो समयसम्म र ठुलो पानी नपर्ने उनले जानकारी दिइन्।
आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन्। उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठुलै असर भने नगर्ने उनले स्पष्ट पारिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक’
-
रोपाइँः हिलोबाट भातसम्म
-
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
-
१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध, मन्त्रालय भन्छ, ‘सच्याउँछौँ’
-
नेप्से परिसूचक १६.५४ अंकले गिरावट, कारोबार रकम पनि २ अर्ब ६७ करोड मात्रै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण