उपराष्ट्रपति निर्वाचन : ४०९ मत खस्यो

काठमाडौँ । सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको छ ।
सो समयसम्म सङ्घतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट
-
सरकारले व्यवसायीलाई दियो १ खर्ब रुपैयाँ राजस्व छुट
-
माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
-
गाजामा इजरायलले गरेको हवाई हमलामा ६० जनाको मृत्यु
-
भौतिक र शहरी मन्त्रालयले गर्यो बैङ्कमा प्रविष्ट नभएका ५ हजार ७६७ आयोजनामा बजेट विनियोजन
-
भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो, तस्बिरमा हेर्नुहोस्