प्रभु बैंक र सीजी मोटर्सबीच कर्जासम्बन्धी सम्झौता
शुक्रबार, ०३ चैत २०७९, १३ : ४८

काठमाडौँ । प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राम पोखरेल र सीजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौताअनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकको देशभर रहेका ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर