स्ववियु निर्वाचन : महेन्द्र मोरङमा अनेरास्ववियुको तालाबन्दी
शनिबार, ०४ चैत्र २०७९, १२ : २८

विराटनगर । मतदाता नामावलीको विषयलाई लिएर अनेरास्ववियुले महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ । अहिलेसम्म मतदाता नामावली फाइनल नगरेको र क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैरजिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुका नेता भाष्कर खनालले जानकारी दिए ।
यस्तै ट्रान्सफर भएर अन्य क्याम्पसमा गइसकेका विद्यार्थीको पनि मतदाता नामावलीमा नाम समावेश भएको, आफ्नो संगठन निकटका मानिसको मतदाता नामावलीमा नाम प्रकाशित नगरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
-
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी
-
केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?
-
मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा, तराईमा लू चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर