दाङका सात जना नेताले छाडे एकीकृत समाजवादी
आइतबार, ०५ चैत २०७९, ०९ : २९
दाङ । नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादी दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै सात जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
यसरी पार्टी परित्याग गर्नेहरुमा नेता भुमाण्डव केसी, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् ।
एकीकृत समाजवादी छाडेका भुमाण्डव केसी मेटमणि चौधरी मन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण