‘छड्के २’ को ह्याङ्ग हटाउन बन्जी जम्पमा अनमोल

काठमाडौंँ । अभिनेता अनमोल केसी कुस्मा पुगेर बन्जी जम्प गरेका छन् । फिल्म ‘छड्के २’ को फ्लप भएपछि तनावमा रहेका केसी उक्त तनावबाट मुक्त हुन कुस्माको बन्जीमा रमाउन पुगेका हुन् । त्यहाँ उनले बन्जीसँगै स्काई साइक्लिङ र स्काई क्याफेको समेत मज्जा लिएका छन् । कुष्माका हरेक गतिविधिमा उनी निकै खुसी देखिएका थिए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोश्रो अग्लो बन्जी जम्प हो ।
अनमोल अभिनित फिल्म ‘छड्के २’ फागुण १९ गतेबाट रिलिज भएको थियो । ‘छक्का पन्जा ४’ सँग रिलिज भएको फिल्मले बक्स अफिसमा दुई दिन पनि राम्रो यो व्यवसाय गर्न सकेन । फिल्म फ्लप भएपछि एक स्टाटस पोष्ट गर्दै दर्शकसँग माफीसमेत मागेका उनी अब चाँडै नै फिल्म ‘जेरी २’ को छायांकनमा सुरु गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जमिनमुनि भासिएको गाडीको अध्ययन सुरु
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
भाषाले कानुन पाएको छ, अब न्याय पाउनु छ
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव