‘छड्के २’ को ह्याङ्ग हटाउन बन्जी जम्पमा अनमोल
काठमाडौंँ । अभिनेता अनमोल केसी कुस्मा पुगेर बन्जी जम्प गरेका छन् । फिल्म ‘छड्के २’ को फ्लप भएपछि तनावमा रहेका केसी उक्त तनावबाट मुक्त हुन कुस्माको बन्जीमा रमाउन पुगेका हुन् । त्यहाँ उनले बन्जीसँगै स्काई साइक्लिङ र स्काई क्याफेको समेत मज्जा लिएका छन् । कुष्माका हरेक गतिविधिमा उनी निकै खुसी देखिएका थिए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोश्रो अग्लो बन्जी जम्प हो ।
अनमोल अभिनित फिल्म ‘छड्के २’ फागुण १९ गतेबाट रिलिज भएको थियो । ‘छक्का पन्जा ४’ सँग रिलिज भएको फिल्मले बक्स अफिसमा दुई दिन पनि राम्रो यो व्यवसाय गर्न सकेन । फिल्म फ्लप भएपछि एक स्टाटस पोष्ट गर्दै दर्शकसँग माफीसमेत मागेका उनी अब चाँडै नै फिल्म ‘जेरी २’ को छायांकनमा सुरु गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण