शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
सेयर बजार

नेप्सेमा खराब सुरुवात : पहिलो दिनमै झन्डै ७ अंकले घट्यो

आइतबार, ०५ चैत २०७९, २३ : १६
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक झन्डै ७ अंकले घट्न पुगेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ६.९० अंकले घट्दै १९ सय २६.४० अंकको विन्दुमा झर्न पुगेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ५ अंकले घट्दै नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा रोकिएको थियो । 

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.५२ अंकले घट्दै ३६३.२६ अंकमा झरेको छ । झन्डै ७ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत घटेर १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमा झरेको छ । 

आज होटेल तथा पर्यटक, हाइड्रोपावर, इन्भेस्टमेन्ट, निर्जीवन बीमा र ट्रेडिङ बाहेक बाँकी ८ वटा उपसूचक ऋणात्मक (माइनस) भएका छन् । यद्यपि, आज मानुषी लघुवित्त वित्तीय संस्था, यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता सानिमा ग्रोथ फण्डको सेयर मूल्य भने आज ८.५६ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप