नेप्सेमा खराब सुरुवात : पहिलो दिनमै झन्डै ७ अंकले घट्यो
काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक झन्डै ७ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ६.९० अंकले घट्दै १९ सय २६.४० अंकको विन्दुमा झर्न पुगेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ५ अंकले घट्दै नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा रोकिएको थियो ।
आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.५२ अंकले घट्दै ३६३.२६ अंकमा झरेको छ । झन्डै ७ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत घटेर १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमा झरेको छ ।
आज होटेल तथा पर्यटक, हाइड्रोपावर, इन्भेस्टमेन्ट, निर्जीवन बीमा र ट्रेडिङ बाहेक बाँकी ८ वटा उपसूचक ऋणात्मक (माइनस) भएका छन् । यद्यपि, आज मानुषी लघुवित्त वित्तीय संस्था, यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता सानिमा ग्रोथ फण्डको सेयर मूल्य भने आज ८.५६ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण