एकीकृत समाजवादीको तीन बुँदे निर्णय–बेदुरामको बढुवा, संसदमा सत्तापक्षको कुर्सीमा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको ५३ औं बैठकले भुसाललाई उपाध्यक्षमा बढुवा गरेको हो ।
यसअघि महासचिवको भूमिकामा रहेका भुसालको ठाउँमा घनश्याम भुसाल आएका छन् ।‘महासचिवको जिम्मेवारीमा रहेर काम गरिरहनु भएका भुसाललाई उहाँले महासचिवको रुपमा गर्नुभएको योगदानको उच्च मूल्यांकन गर्दै अब उहाँलाई उपाध्यक्षको जिम्मेवारी दिने र रिक्त हुन आएको महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई दिने’, उपमहासचिव गंगालाल तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी बैठकले केन्द्रीय सचिवालयमा पार्टीका सबै उपाध्यक्षहरुलाई समावेश गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संसदमा सत्ता पक्षमा बस्ने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय पनि गरेको तुलाधरले जानकारी दिए ।
बैठक अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण