एकीकृत समाजवादीको तीन बुँदे निर्णय–बेदुरामको बढुवा, संसदमा सत्तापक्षको कुर्सीमा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको ५३ औं बैठकले भुसाललाई उपाध्यक्षमा बढुवा गरेको हो ।
यसअघि महासचिवको भूमिकामा रहेका भुसालको ठाउँमा घनश्याम भुसाल आएका छन् ।‘महासचिवको जिम्मेवारीमा रहेर काम गरिरहनु भएका भुसाललाई उहाँले महासचिवको रुपमा गर्नुभएको योगदानको उच्च मूल्यांकन गर्दै अब उहाँलाई उपाध्यक्षको जिम्मेवारी दिने र रिक्त हुन आएको महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई दिने’, उपमहासचिव गंगालाल तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी बैठकले केन्द्रीय सचिवालयमा पार्टीका सबै उपाध्यक्षहरुलाई समावेश गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संसदमा सत्ता पक्षमा बस्ने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय पनि गरेको तुलाधरले जानकारी दिए ।
बैठक अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?