नेप्सेमा २२ अंकको वृद्धि, १ अर्ब २९ करोडको कारोबार
काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २२.६५ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिमसमयमा सम्ममा २२ अंकले बढेर १९४९ अंकमा पुगेर रोकिएको हो ।
यसक्रममा आज १ अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज ५२ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १.१८ प्रतिशतले बढ्दा आज सबै समूहका सूचकमा हरियाली छाएको छ ।
जसमध्ये व्यापार समूह सबैभन्दा धेरै ९८ अंकले बढेको छ भने जीवन बीमा समूह ९४ अंकले बढेको छ । यसका साथै, निर्जीवन बीमा कम्पनी समूह ८३ अंकले बढ्दा विकास बैंक समूहमा ६२ अंकको वृद्धि आएको छ । यसबाहेक म्यूचुअल फण्ड बाहेक अन्य सबै समूहमा समेत उच्च वृद्धि देखिएको छ ।
परिसूचक २२ अंकले बढेको दिन यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७६ अंक बढेर १९४१ रुपैयाँ पुगेको हो । यसबाहेक न्यादी हाइड्रोपावरको सेयर मूल्य ७.७३ प्रतिशतले बढेर ३५२ रुपैयाँ पुगेको छ ।
आज आईएमई जनरल इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एसियाको सेयर ६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा हिजो आइतबार ६.९० अंकको गिरावट आएको थियो । यसक्रममा परिसूचक १९२६ अंकमा पुगेर रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण