सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै उनले भने, “सरकारले गर्ने लगानीले उत्पादन वृद्धि गर्नुपर्छ ।”
मुख्यमन्त्री कार्कीले सरकारले निर्माण गर्ने संरचना र परियोजनाको लगानीले मुख्यरुपमा उत्पादन वृद्धि, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन एवं रोजगारको प्रबन्ध गर्नुपर्ने प्रष्ट पारे । उनले सरकारले निर्माण गर्ने संरचनाको सौन्दर्यकरण भएमा आम नागरिकले प्रचारप्रसार गरी गर्वको अनुभूति गर्ने विचार राखे ।
मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँचभित्र गरिने विकासका कार्यले जनताले सुखद अनुभूति गर्ने बताए। सरकार अब कुनै किसिमको अलमलमा नलाग्ने उल्लेख गर्दै उनले सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोक्ने बताए।
भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले प्रदेशमा विकासका कार्यले गति लिन सुरु गरेको दाबी गर्दै प्रदेशको विविध क्षेत्रको झल्को दिनेगरी द्वारको निर्माण गरिने जानकारी दिए ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीव्र रुपमा कार्य भइरहेको र आगामी दुई वर्षभित्र जनताले नयाँ नगरको रुपमा अनुभूति गर्ने धारणा राखिन् । सहरी विकास तथा भवन कार्यालयका रुद्रनारायण मिश्र, नेपाल उद्योग परिसङ्घका भीम घिमिरेले निर्माण गरिने संरचना गुणस्तरीय एवं समय सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
उक्त पुल एवं स्वागतद्वार निर्माणका लागि प्रदेश सरकारको ७०, महानगरको २५ र सङ्गठनको पाँच प्रतिशत गरी रु छ करोड २५ लाख २४ हजार नौ सय ४४ मा ह्यावीट्याट–आशिसदीप जेभी भद्रपुरले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
-
भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड