नेपालमा क्यान्सरको पहिचान र उपचारमा करिब १० लाख लाग्ने
काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर पहिचान र उपचारका लागि करिब १० लाख खर्च लाग्ने गरेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले सन् २०१९ मा गरेको अध्ययनले सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भएकाहरूको पहिचान र उपचारका लागि औषतमा ९ लाख ८१ हजार ३७० रुपैयाँ खर्च लाग्ने उल्लेख गरिएको हो ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भई डिस्चार्ज भएका १०३ जना बिरामीमा अनुसन्धान गरिएको जानकारी दिए ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भई पहिचान र उपचार गर्दा बिरामीमध्ये १६ प्रतिशतले घरजग्गा बेचेर उपचार गरेको पाइएको अध्यक्ष चन्दले बताए । यस्तै, सुर्तीजन्य पदार्थबाट ओठ, जिब्रो, गिजा, मुख, फोक्सो, श्वास नली, पिसाब थैली लगायतको क्यान्सर भई तेस्रो/चौथो चरणमा पुगेका बिरामीमा अध्ययन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण