नेपालमा क्यान्सरको पहिचान र उपचारमा करिब १० लाख लाग्ने

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर पहिचान र उपचारका लागि करिब १० लाख खर्च लाग्ने गरेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले सन् २०१९ मा गरेको अध्ययनले सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भएकाहरूको पहिचान र उपचारका लागि औषतमा ९ लाख ८१ हजार ३७० रुपैयाँ खर्च लाग्ने उल्लेख गरिएको हो ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भई डिस्चार्ज भएका १०३ जना बिरामीमा अनुसन्धान गरिएको जानकारी दिए ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भई पहिचान र उपचार गर्दा बिरामीमध्ये १६ प्रतिशतले घरजग्गा बेचेर उपचार गरेको पाइएको अध्यक्ष चन्दले बताए । यस्तै, सुर्तीजन्य पदार्थबाट ओठ, जिब्रो, गिजा, मुख, फोक्सो, श्वास नली, पिसाब थैली लगायतको क्यान्सर भई तेस्रो/चौथो चरणमा पुगेका बिरामीमा अध्ययन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज