कर्मचारीभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात गरेको छु : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी प्रशासनभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात भएको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । ‘हिजो पहुँच हुनेहरुले मात्रै अवसर लिने गरेका थिए, सीमित मान्छेहरु मात्रै अवसर लिने र सुगम ठाउँ, काठमाडौँ वरिपरि मात्रै रहने परम्परा थियो’ मन्त्री मोदीले भने, ‘मैले यसको अन्त्यको सुरुवात गरेको छु, यसको सुरुवात भएसँगै उनीहरु अतालिएका छन् ।’
मन्त्री मोदीले हिजोका दिनमा मन्त्रीलाई समेत घुमाइदिन्छु भन्दै रजाइदजाई गरेर बसेकाहरु अतालिएर अनर्गल प्रचारमा लागेको समेत बताए ।
मन्त्री मोदीले देश र जनताको सेवाका लागि खटाएको ठाउँमा कर्मचारी जानुपर्ने समेत बताए ।
मन्त्री मोदीले सुधारको कार्यक्रम गर्दा र सुशासन कायम गर्न खोज्दा आउने सबैखाले जोखिम मोल्न तयार रहेको समेत उल्लेख गरे । उनले कहिलेकाहीँ त्रुटि हुन सक्ने भए पनि अपराध भने हुन नसक्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?