जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु
शनिबार, ०३ जेठ २०८२, १५ : ५३

टोकियो । जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। सो घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ। प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्याँस चुहावट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका छन्।
प्रारम्भिक अनुमानअनुसार, चुहिएको ग्याँस विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ। हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सात लाख ७० हजार वर्ग मिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल