जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु
शनिबार, ०३ जेठ २०८२, १५ : ५३
टोकियो । जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। सो घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ। प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्याँस चुहावट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका छन्।
प्रारम्भिक अनुमानअनुसार, चुहिएको ग्याँस विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ। हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सात लाख ७० हजार वर्ग मिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण