सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आज रातिको मौसम : यी तीन प्रदेशमा पानी पर्ने सम्भावना

मङ्गलबार, ०७ चैत २०७९, २१ : ०३
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राति बागमती, मधेस र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावा-हुरी/असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप