लेबनानमा स्थानीय मुद्राको गिरावटलाई लिएर विरोध प्रदर्शन
बेरुत । लेबनानी पाउण्डको अमेरिकी डलरको तुलनामा भएको द्रुत गिरावटको विरोधमा मङ्गलबार प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन् । राष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार लेबनानी मुद्राको मङ्गलबार समानान्तर बजारमा उल्लेखनीय गिरावट भएपछि एक हप्ता अघि १००,००० बाट प्रति अमेरिकी डलर १३५,००० पाउन्डमा पुगेको थियो ।
लेबनानी मुद्राको तीव्र अवमूल्यनले खाद्यान्न र इन्धनको मूल्यमा चर्को वृद्धि भएको छ । लेबनानी नागरिकहरूले राजधानी बेरुत, उत्तरी सहर त्रिपोली र दक्षिणी सहर टायरमा प्रदर्शनका करममा सडक अवरुद्ध गरेका छन् । सन् २०१९ देखि लेबनानले ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको छ ।
जसले लेबनानी जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढी गरिबीमा पुर्याएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने सहायताको व्यवस्थापन गर्दै देशलाई पुनरुत्थानको बाटोमा लैजान आवश्यक सुधारका कार्यक्रम कार्यान्वयन गर्न मुलुक अहिलेसम्म असफल भएको देखिएको छ जसबाट चरम, गरिबी र मूल्यवृद्धिको मारमा जनता पिरोलिएका छन् ।(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण