शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेबनानमा स्थानीय मुद्राको गिरावटलाई लिएर विरोध प्रदर्शन

मङ्गलबार, ०७ चैत २०७९, २१ : ५५
मङ्गलबार, ०७ चैत २०७९

बेरुत । लेबनानी पाउण्डको अमेरिकी डलरको तुलनामा भएको द्रुत गिरावटको विरोधमा मङ्गलबार प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन् । राष्ट्रिय समाचार एजेन्सीले  जनाएअनुसार लेबनानी मुद्राको मङ्गलबार समानान्तर बजारमा उल्लेखनीय गिरावट भएपछि एक हप्ता अघि १००,००० बाट प्रति अमेरिकी डलर १३५,००० पाउन्डमा  पुगेको थियो । 

लेबनानी मुद्राको तीव्र अवमूल्यनले खाद्यान्न र इन्धनको मूल्यमा चर्को वृद्धि भएको छ । लेबनानी नागरिकहरूले राजधानी बेरुत, उत्तरी सहर त्रिपोली र दक्षिणी सहर टायरमा  प्रदर्शनका करममा सडक अवरुद्ध गरेका छन्  । सन् २०१९ देखि लेबनानले ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

जसले लेबनानी जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढी गरिबीमा पुर्‍याएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने सहायताको  व्यवस्थापन गर्दै देशलाई पुनरुत्थानको बाटोमा लैजान आवश्यक सुधारका कार्यक्रम कार्यान्वयन गर्न मुलुक अहिलेसम्म असफल भएको देखिएको छ जसबाट चरम, गरिबी र मूल्यवृद्धिको मारमा जनता पिरोलिएका छन् ।(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप