सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मानव अतिक्रमणले जलश्रोतमा दबाब सृजना भइरहेको छ :  विभाग

बुधबार, ०८ चैत २०७९, १३ : ५८
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जनसंख्या वृद्धि, बढ्दो शहरीकरण, वन विनाश, सिमसार जस्ता प्राकृतिक जलभण्डारमा भएको मानव अतिक्रमणले जलश्रोतमा दबाब सृजना भइरहेको बताएको छ ।  यस सहस्राब्दीमा मानव समाजले सृजना गरेको सबैभन्दा जटिल समस्या, जलवायु परिवर्तनको नकारात्मक असरको थप दबाब समेत जलश्रोतमा परेको विभागले जनाएको हो ।

विश्व जल दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै विश्वभरका अरबौँ मानिस, विद्यालय, स्वस्थ संस्था, सार्वजनिक स्थलहरू स्वस्थ र स्वच्छ जल उपयोग गर्न वञ्चित रहेको उल्लेख गरेको छ | यस अवस्थाबाट पार पाउन विश्व र खास गरी हाम्रो जस्तो विकासशील मुलुकले थप तीव्रताका साथ काम गर्न जरुरी रहेको विभागको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, २०७२ ले समेत राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको संरक्षण, संवर्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने राष्ट्रिय नीति लिएको छ भने “स्वच्छ वातावरणको हक” लाई नागरिकको मौलिक हकको रूपमा राखिएको छ । त्यस्तै राष्ट्रिय जलश्रोत नीति २०७७ मा देशमा उपलब्ध जलश्रोतको संरक्षण, संवर्द्धन र बहु उपयोगी विकास एवं दिगो रूपमा उपयोग गरी आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि योगदान पुऱ्याउने मूल लक्ष्य राखिएको छ ।’

सन् १९९३ देखि हरेक वर्ष मार्च २२ तारिखका दिनविश्व जल दिवसमनाउन थालिएको हो । यस वर्ष पनि  नेपालमा विविध कार्यक्रमहरूसहित यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ को लागि विश्व जल दिवस मनाउन ‘पानी र सरसफाइमा गतिशील परिवर्तन - पुस्तान्तरणमा मौसम, जलवायु र जलको भविष्य’ को नारा तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप