‘जातीय भेदभाव समाजको कलंक’
काठमाडौँ । दलित समुदायमाथि हुने विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा संकल्प प्रस्तावमा छलफल जारी छ ।
राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि बुधबारको बैठकमा छलफल भएको हो ।
छलफलमा भाग लिँदै सांसदहरुले जातीय भेदभाव समाजकै कलंक भएको बताएका छन् ।
‘जातीय भेदभाव हाम्रो समाजमा कलंकको रुपमा रहेको छभन्दा फरक पर्दैन, लामो समयदेखि परम्परागत रुपमा रहेको यो जातीय भेदभावले विभिन्न मुल्यमान्यताहरु निर्धारण गरेको र मानसिक रुपमा पनि रहेको छ’ राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले भनिन्, ‘कानुन बनेर मात्र हुँदैन यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न र रुपान्तरण गर्न पनि उत्तिकै आवश्यकता छ ।’
संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार निजी वा सार्वजनिक स्थानमा हुने छुवाछुत र भेदभावलाई गम्भीर सामाजिक अपराध मानी दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण