राजनीति
मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड, बालुवाटारमा गठबन्धनको बैठक सुरु
बुधबार, ०८ चैत २०७९, १७ : ५१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा पुगेका छन् । त्यसका लागि बुधबार प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?