राजनीति
मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड, बालुवाटारमा गठबन्धनको बैठक सुरु
बुधबार, ०८ चैत २०७९, १७ : ५१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा पुगेका छन् । त्यसका लागि बुधबार प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण