घुस लिँदालिँदै वडा अध्यक्ष र वडा सचिव पक्राउ
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।
कानुनसम्मत गर्नुपर्ने कामका लागि पनि सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रवक्ता दाहालका अनुसार वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।
सो सम्बन्धमा आयोगमा जानकारी र उजुरी परेपछि निगरानी गरेको अख्तियारको टोलीले जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट सेवाग्राहीसँग घुस लिइसकेपछि रंगेहात पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण