नेप्सेमा आज सानिमा र रिलायन्स इन्स्योरेन्सको कारोबार बन्द हुने
बिहीबार, ०९ चैत २०७९, ०८ : ४२
काठमाडौँ । सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको सेयर कारोबार रोक्का हुने भएको छ ।
दुवै कम्पनीले चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भए पछि नेप्सेले आजको सेयर कारोबार रोक्का गरेको हो ।
यसअघि भएको निर्णय अनुसार दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आजबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दैछन ।
धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
दुवै कम्पनीको फागुन १२ गते सम्पन्न भएको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरे अनुसार आजबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण