काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी
काभ्रे । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।
दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय ८९ जनाले राहदानी लिएका थिए । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन् ।
यस्तै गत माघमा राहदानी लिनेको सङ्ख्या एक हजार चार सय ७९ जना रहेकामा नागरिकता बनाउने एक हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रतिलिपि नागरिकता छ सय १३ जनाले र राष्ट्रिय परिचयपत्र दुई सय हजार ८१ जनाले लिएका छन् ।
गत पुसमा सात सय ६० जनाले नागरिकता बनाएकामा राहदानी लिने एक हजार तीन सय ७१ जना छन् । राष्ट्रिय परिचय पत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएका छन । जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुआत गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन् । बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
-
प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सीएम’ कक्ष
-
पर्यटन विधेयकमा संशोधन : पर्यटन प्राधिकरण स्थापना, पर्वतारोहण नियमन र स्थानीय रोयल्टी
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण