आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
आइतबार, ०३ साउन २०८३, १४ : ५८
झापा। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाउने सन्दर्भमा शनिबार चन्द्रगढीमा देवेन्द्रकिशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ लोकार्पण भएको छ।
नेपाली साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा समालोचक गङ्गाप्रसाद अधिकारीले उक्त कविता सङ्ग्रह विमोचन गर्दै कवि ढुङ्गानाले समाजमा व्याप्त कुरीति र अन्यायविरुद्ध प्रतिरोध गर्नुभएको बताउनुभयो ।
साहित्यकार चूडामणि वशिष्ठले श्रमजीवी समुदायका पीडा, अभाव र मानवीय संवेदनालाई जीवन्त रूपमा कवितामा व्यक्त भएका बताए। ढुङ्गानाको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘तुँवालोले ढाकेको आकाश’ लघु उपन्यास पाठकमाझ आइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण