आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

आँखा अस्पतालमा बिरामी बढे

आइतबार, ०३ साउन २०८३, १४ : ५१
आइतबार, ०३ साउन २०८३

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।

अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन् । भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप