फ्रान्समा आन्दोलन, बोर्डो टाउन हलमा आगजनी
शुक्रबार, १० चैत २०७९, ०७ : १०
पेरिस । पेन्सनको उमेर बढाउने योजनालाई लिएर फ्रान्समा जारी आन्दोलनको बीच बोर्डो टाउन हलमा आगजनी गरिएको छ । सेवानिवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने कानुनले विरोध प्रदर्शन सुरु भएको हो।
अघिल्लो दिनको विरोध र झडपपछि बिहीबार साँझ दक्षिणपश्चिमी सहर बोर्डोको टाउन हलको अगाडिको ढोकामा आगो लगाइएको हो । आगलागीका लागि को जिम्मेवार थिए भन्ने स्पष्ट हुन सकेको छैन । तर आगोलाई दमकलले तुरुन्तै निभाएको थियो।
त्यहाँको गृह मन्त्रालयको तथ्यांक अनुसार बिहीबार फ्रान्सभरि १० लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए, जसमा पेरिसमा मात्रै ११९,००० सहभागी थिए । प्रहरीले राजधानीमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ भने देशभरबाट ८० जनालाई पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण