३० लाख बढी बालबालिकाको जन्मदर्ता
शुक्रबार, १० चैत २०७९, २२ : २२
काठमाडौँ । नेपालमा बालबालिकाको जन्मदर्ता गराउने अवस्थामा सुधार भएको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ अनुसार पहिलोपटक ५ वर्ष वा सोभन्दा मुनिका ३० लाख ७ हजार ६४८ जना बालबालिकामध्ये ७४ प्रतिशतको जन्मदर्ता गरिएको हो ।
यस्तै, २६ प्रतिशत बालबालिकाको अझै जन्मदर्ता भएको छैन । तथ्यांकअनुसार हिमालमा ८१.९ प्रतिशत, पहाडमा ७३.१ प्रतिशत र तराईमा ७३.७ प्रतिशतले जन्मदर्ता गरेका छन् । सबैभन्दा बढी कर्णाली प्रदेशमा ८७.३ र कम बागमती प्रदेशमा ६७ प्रतिशतले मात्र जन्म दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण