प्रहरी प्रशासनको आडमा निर्वाचन समिति प्रमुख बेपत्ता पारियो : अनेरास्ववियु
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल कमर्श क्याम्पसमा प्रहरी प्रशासनको आडमा निर्वाचन विथोलिएको आरोप लगाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै साे आरोप लगाएका हुन् । उनले सत्तागठबन्धन समर्थित विद्यार्थी संगठनहरुले अनेकौ बहानबाजी गर्दै निर्वाचन टार्ने षडयन्त्र गरिरहेको समेत दावी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छः ‘अनेरास्ववियुको पक्षमा विद्यार्थीहरुको माहोल देखेर अत्तालिएका सत्ताधारी दलको छायाँ संगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले लोकतान्त्रिक मूल्य मान्यता विपरित स्ववियु निर्वाचनको मतपत्र च्यातेको घटनाले लोकतन्त्रको धज्जी उडाएको छ । निर्वाचन गराउन सुरक्षा प्रदान गराउनुपर्ने निकायबाट यथेष्ट सहयोग नहुँदा १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन हुन नदिन सत्ताधारीहरु उद्दलित रहेको पुष्टि हुन्छ ।’
सो संगठनले प्रहरी प्रशासनको संरक्षणमै निर्वाचन समिति प्रमुख बेपत्ता पारिएको र सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई जिताउन सबै खालका प्रपञ्च रचिएको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ : ‘सत्ता गठबन्धन समथर्थित विद्यार्थी संगठनलाई जिताउन सबै प्रपञ्च पुरा नभएपछि निर्वाचन भाडने नाङ्गो नाचमा प्रहरी प्रशासन सरकारको मतियार बनेर प्रस्तुत भएको छ । सरकारको यो लोकतन्त्र विरोधी हर्कतको हामी घोर भर्त्सना गर्छौं, साथै यथाशीघ्र क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौं ।’ अनेरास्ववियुले विद्यार्थी संगठनको विरासत स्ववियु जोगाउन सडक संघर्षमा उत्रन सम्पूर्ण विद्यार्थीहरुलाई अपील समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण