बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकबाट नेपाल कर्मस क्याम्पसको निर्वाचन प्रक्रिया अगाडी बढाउन माग

शनिबार, ११ चैत २०७९, १९ : ०३
शनिबार, ११ चैत २०७९

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनहरुले नेपाल कर्मस क्याम्पसको बिथोलिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया तत्काल सर्वदलीय बैठक आह्वान गरी अगाडी बढाउन माग गरेका छन् । तत्काल निर्वाचन नगरे कडा प्रतिवाद गर्ने उनीहरूले चेतावनीसमेत दिएका हुन् ।

संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति, क्याम्पस प्रमुख र केही विद्यार्थी संगठनको नियोजित योजनामा १४ वर्षपछि हुँदै गरेको विद्यार्थीहरूको हक अधिकारको पैरवीकर्ता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरूलाई आफ्ना प्रतिनिधि चुन्ने र चुनिने लोकतान्त्रिक अधिकारबाट वञ्चित गरेको आरोप लगाएका छन् ।

स‌ंगठनहरु जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनपूर्व सर्वदलीय बैठक नबोलाइनु, निर्वाचनको अघिल्लो दिन निर्वाचन अधिकृतलाई सम्पर्क विहीन बनाइनु र विना सहमति मनोमानी ढंगले अर्को निर्वाचन अधिकृत तोकिनु लगायतका अलोकतान्त्रिक हर्कतहरुले निर्वाचन बिथोल्न गरिएको प्रपञ्च घाम जत्तिकै छर्लङ्ग भएको छ । विश्वविद्यालय संयन्त्र कुनै अमुक दलको कठपुतली बन्दै विश्वविद्यालयलाई अवैधानिकरुपमा भर्तिकेन्द्र बनाउने, क्याम्पसमा फर्जी भर्ना गर्ने, परिस्थिति आफ्नो अनुकूल नहुँदा निर्वाचन भाँड्ने, कथित हर्कतहरु नदोहोऱ्याउन र प्राध्यापकको प्राज्ञिक मर्यादा कायम राख्न विश्वविद्यालयका पदाधिकारी र सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

336614560_604519458397423_1342895148308058654_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप