‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण
काठमाडौँ । गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङ, लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले संयुक्त पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको वरिष्ठ सङ्गीतकार गुरुङे बताए । गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक पहिले नेपालमा नआएको उनको धारणा रहेको थियो ।
सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन् । सन् १९८२ मा उनले स्ट्रिङ्गस ब्यान्ड खोलेका थिए । ब्यान्डमा उनीसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहेका थिए । यो ब्याण्डले थुप्रै गीतसंगीत बजारमा ल्याएको छ ।
सुनिल अहिले काठमाडौँमा छन् । बेलायतमा बस्दै आएका उनले नेपाल आएको छोटो समयमा ब्यान्डका साथीसँग भेटघाट र पुस्तक प्रकाशन गरेको बताए । पुस्तक लोकार्पण समारोहमा गीत–सङ्गीतका व्यक्तित्वको अलावा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण