मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माइतीघरमा धर्नामा बसेका अभियन्तासँग सरकारले थाल्यो वार्ता

आइतबार, १२ चैत २०७९, १७ : १९
आइतबार, १२ चैत २०७९

काठमाडौँ । माइतीघरमा लामो समयदेखि धर्नामा बस्दै आएका लोकतान्त्रिक अभियन्ता नन्दराज उपाध्यायसँग सरकारले वार्ताको गृहकार्य अगाडि बढाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा गृह मन्त्रालयले उनीसँग वार्ताको प्रक्रिया अगाडि बढाएको हो ।  वार्ताका लागि गृह मन्त्रालयका उपसचिव दीपकुमार तामाङ माइतीघर पुगेका थिए । उनीसँगै निर्वाचन आयोगका प्रतिनिधि समेत माइतीघर मण्डलमा पुगेका थिए ।  

धर्नामा बस्दै आएका उपाध्यायले उप सचिव तामाङसँग प्रधानमन्त्रीसँग भेट वार्ता गरेर लिखित सम्झौता गर्नुपर्ने, संसद्मा विधेयक पास गर्नुपर्ने लगायतका माग राखेका थिए ।  त्यस्तै धर्नामा बस्दा काठमाडौँ महानगरका मेयर बालेन शाहले अनावश्यक दुःख दिएको भन्दै उनले माफी माग्नुपर्ने बताएका थिए । तर, उपसचिव तामाङले शाहको हकमा आफूहरूले प्रतिबद्धता जाहेर गर्न नसकिने प्रस्ट पारेका थिए । 

उनले संसद्मा विधेयक पास नहुन्जेल आन्दोलन जारी राख्ने बताएका थिए । यदि विधेयक पास नभएको खण्डमा आत्मदाह गर्ने चेतावनी दिए ।  जवाफमा उपसचिव तामाङले प्रधानमन्त्रीसँग भेट गराएर माग पुरा गराउन मद्दत गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । माग पुरा गराउने प्रतिबद्धता जाहेर गर्दै अनसन तोड्न आग्रह गरेका थिए । तर, उनले ससदबाट विधेयक पास नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका थिए । 

जुम्लाका नन्दराज उपाध्याय लोकतन्त्रलाई न्याय चाहियो ७ फागुनदेखि माइतीघरमा धर्नामा बस्दै आएका छन् । पूर्ण लोकतन्त्रको आधुनिक मान्यतामा लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीका मुख्य सुधारात्मक प्रक्रियाहरू अगाडि बढाउनुपर्ने माग गर्दै उनी धर्नामा बस्दै आएका हुन् ।   उनले प्राइमरी इलेक्सन, राइट टु रिजेक्ट, राइट टु रिकल र विदेशमा भएका नेपाली नागरिकलाई मतदाताको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने माग राख्दै धर्नामा बस्दै आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप