सरकारले रंमञ्चलाई वास्ता गरेनः अभिनेता खनाल
सोमबार, १३ चैत २०७९, १५ : २२
काठमाडौँ । अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औँ वर्ष भए पनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैसम्म पनि रंगकर्मीहरुले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद रहेको बताएका हुन् ।
कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्न सक्ने थियौँ । हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौँ, बजेटमा राख्न आग्रह गरेको छु । हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ ।’ अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण