बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

चालू आर्थिक वर्षमै नेपालको जडित क्षमता २८ सय मेगावाट पुग्छ :  कुलमान घिसिङ

सोमबार, १३ चैत २०७९, २३ : ०१
सोमबार, १३ चैत २०७९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको अन्तिमसम्ममा नेपालको राष्ट्रिय प्रसारण लाइनमा २८ सय मेगावाट बिजुली जोडिने बताएका छन् । रातोपाटीसँगको अन्तरवार्ताका क्रममा घिसिङले चालू वर्षको अन्तिम (असार महिना) सम्मका अवधिमा नेपालको जडित क्षमता २८ सय पुग्ने बताएका हुन् ।

उनले भने, ‘पछिल्लो २ महिनाको अवधिमा २०० मेगावाट क्षमता राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । यही आर्थिक वर्षको असार महिनासम्ममा २८ सय मेगावाटसम्म पुग्छ ।’  यस्तै, घिसिङले २०८० सालको साउन महिनासम्ममा नेपालको जडित क्षमता ३ हजार मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणले गरेको बताए ।

हाल नेपालमा बिजुलीको कूल जडित क्षमता २५ सय २० मेगावाट छ । यसको अर्थ नेपालको राष्ट्रिय प्रसारण लाइनमा उक्त क्षमताको बिजुली जोडिएको छ । तर, यीमध्ये वर्षा यामको समयमा केही आयोजनामा समस्या आउन सक्ने र बाढी पहिरोका कारणले केही आयोजना बन्द हुन सक्ने आकलन प्राधिकरणको छ ।

‘सञ्चालनमा आएका सबै आयोजनाले वर्षायाममा बिजुली दिँदैनन्,’ घिसिङले भने, ‘तीमध्ये केही आयोजनामा समस्या आउन सक्छ । यस्तै, केही आयोजना मर्मतमा जान सक्छन् ।’ यसरी बढीमा १००/२०० मेगावाट क्षमताका आयोजनाको उत्पादनमा समस्या आउन सक्ने प्राधिकरणको प्रक्षेपण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप