चालू आर्थिक वर्षमै नेपालको जडित क्षमता २८ सय मेगावाट पुग्छ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको अन्तिमसम्ममा नेपालको राष्ट्रिय प्रसारण लाइनमा २८ सय मेगावाट बिजुली जोडिने बताएका छन् । रातोपाटीसँगको अन्तरवार्ताका क्रममा घिसिङले चालू वर्षको अन्तिम (असार महिना) सम्मका अवधिमा नेपालको जडित क्षमता २८ सय पुग्ने बताएका हुन् ।
उनले भने, ‘पछिल्लो २ महिनाको अवधिमा २०० मेगावाट क्षमता राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । यही आर्थिक वर्षको असार महिनासम्ममा २८ सय मेगावाटसम्म पुग्छ ।’ यस्तै, घिसिङले २०८० सालको साउन महिनासम्ममा नेपालको जडित क्षमता ३ हजार मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणले गरेको बताए ।
हाल नेपालमा बिजुलीको कूल जडित क्षमता २५ सय २० मेगावाट छ । यसको अर्थ नेपालको राष्ट्रिय प्रसारण लाइनमा उक्त क्षमताको बिजुली जोडिएको छ । तर, यीमध्ये वर्षा यामको समयमा केही आयोजनामा समस्या आउन सक्ने र बाढी पहिरोका कारणले केही आयोजना बन्द हुन सक्ने आकलन प्राधिकरणको छ ।
‘सञ्चालनमा आएका सबै आयोजनाले वर्षायाममा बिजुली दिँदैनन्,’ घिसिङले भने, ‘तीमध्ये केही आयोजनामा समस्या आउन सक्छ । यस्तै, केही आयोजना मर्मतमा जान सक्छन् ।’ यसरी बढीमा १००/२०० मेगावाट क्षमताका आयोजनाको उत्पादनमा समस्या आउन सक्ने प्राधिकरणको प्रक्षेपण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण