गाईको मासु बेच्नेलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्राचार
काठमाडौँ । मधेशी आयोगले वीरगंज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । सो चिकेन स्टेशनले गाईको मासु बेचेको भन्दै आयोगले गृहमन्त्रालयलाई पत्राचार गरेको हो । चिकेन स्टेशनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी विज्ञापन प्रचार गरेको भन्दै विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएका थिए ।
उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा गृह मन्त्रालयलाई पत्राचार गरिएको हो । आयोगका अध्यक्ष डा.दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैरकानुनी क्रियाकलाप भएको बताउँदै त्यस्तो कार्य गर्नेलाई कारवाही गर्न गृहमन्त्राल लाई पत्र पठाइएको बताए । अध्यक्ष डा.दत्तले यस्ता गैरकानुनी काम गर्ने जोसुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारबाही गरिने जानकारी दिए । सो चिकेन स्टेशन हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य अरुण झाले सञ्चालन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण