आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गाईको मासु बेच्नेलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्राचार

सोमबार, १३ चैत २०७९, १६ : ५७
सोमबार, १३ चैत २०७९

काठमाडौँ । मधेशी आयोगले वीरगंज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । सो चिकेन स्टेशनले गाईको मासु बेचेको भन्दै आयोगले गृहमन्त्रालयलाई पत्राचार गरेको हो । चिकेन स्टेशनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी विज्ञापन प्रचार गरेको भन्दै  विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएका थिए  ।

उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा गृह मन्त्रालयलाई पत्राचार गरिएको हो । आयोगका अध्यक्ष डा.दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैरकानुनी क्रियाकलाप भएको बताउँदै त्यस्तो कार्य गर्नेलाई कारवाही गर्न गृहमन्त्राल लाई पत्र पठाइएको बताए । अध्यक्ष डा.दत्तले यस्ता गैरकानुनी काम गर्ने जोसुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारबाही गरिने जानकारी दिए । सो चिकेन स्टेशन हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य अरुण झाले सञ्चालन गरेका हुन्  । 

Patra Griha mantralaya


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप