राजावादी भन्दै मिटरब्याजी पीडितले ज्ञानेन्द्र शाहीलाई ऐक्यबद्धता जनाउन दिएनन्
मङ्गलबार, १४ चैत २०७९, १४ : ०५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई मिटरब्याजी पीडितले राजावादी भएको भन्दै ऐक्यबद्धता जनाउन रोकेका छन् । राप्रपाका सांसद समेत रहेका शाहीलाई मिटरब्याजीले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।
शाहीको ऐक्यबद्धतालाई अस्वीकार गर्छौ भन्दै मिटरब्याजी पीडितले आन्दोलनस्थलमा छिर्न नदिएका हुन् । मिटरब्याजी पीडितको पक्षमा समर्थन जनाउन शाही युट्युबरहरु लिएर गएपछि सबै उठेर विरोध जनाएका हुन् । ‘तपाईंले बोक्दै आएको विचारका कारण हामीले यस्तो अवस्था भोग्दै आएका छौँ । आज जनता ११ दिन पैदल यात्रा गरेर यहाँसम्म आउनु परेको छ’ एक मिटरब्याजी पीडितले भने, ‘यो मुद्दामा खेल्ने प्रयास गर्नुहोला । घुसपैठ गर्ने, मुद्दा क्यास गर्ने कुनै पनि अवसर दिँदैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण