उपेन्द्रलाई टक्कर दिन सिकेले रोजे शिवचन्द्र कुशवाहा
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई बारा–२ मा उम्मेदवार बनाएको छ । कुशवाहा माओवादी केन्द्रका नेता हुन् । उनी आजै माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
जनमत पार्टीले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कुशवाहाको उम्मेदवारी घोषणा गरिसकेको छ । यसअघि कुशवाहा बारा २ मा माओवादी–कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए । उनलाई जसपाका रामसहाय यादवले पराजित भएका थिए । यसपटक माओवादी केन्द्रले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएपछि कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बारा २ मा एमाले–जसपा गठबन्धनबाट चुनाव लडेका रामसहाय यादव १३ हजार ८२२ मत ल्याएर विजयी भएका थिए भने कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । त्यसैले पनि जनमत पार्टीले उनलाई आफ्नो पार्टीमा ल्याएर जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न लगाउने तयारी गरेको हो । जसपाले आज उपेन्द्र यादवको नाम उम्मेदवारका लागि सिफारिस गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण