शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीले भौतिक मन्त्रालय पाउने निश्चित

बुधबार, १५ चैत २०७९, १२ : ४७
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो । 
बैठकमा प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई भौतिक सहित वन र श्रम मन्त्रालय दिने बताएका छन् । तर, अध्यक्ष माधव कुमार नेपालले वनको साटो कृषि मन्त्रालय मागेको स्रोतले बताएको छ । 

यद्यपि तीन वा दुई मन्त्रालय भन्नेमा ठोस सहमति नभएपनि आज बेलुकासम्म एक जनाको नाम भने दिन प्रचण्डले नेपाललाई आग्रह गरेका छन् । सोहीअनुसार समाजवादीले आजै सचिवालयको आकस्मिक बैठक बोलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप