राजनीति
एकीकृत समाजवादीले भौतिक मन्त्रालय पाउने निश्चित
बुधबार, १५ चैत २०७९, १२ : ४७
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई भौतिक सहित वन र श्रम मन्त्रालय दिने बताएका छन् । तर, अध्यक्ष माधव कुमार नेपालले वनको साटो कृषि मन्त्रालय मागेको स्रोतले बताएको छ ।
यद्यपि तीन वा दुई मन्त्रालय भन्नेमा ठोस सहमति नभएपनि आज बेलुकासम्म एक जनाको नाम भने दिन प्रचण्डले नेपाललाई आग्रह गरेका छन् । सोहीअनुसार समाजवादीले आजै सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण