सत्यतथ्य जनगणना सार्वजनिक गर्न राप्रपा नेपालको माग
काठमाडौँ । राप्रपा नेपालले २०७८ सालको जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्वीहरुको संख्या घटेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बुधबार विज्ञप्ति जारी गर्दै सनातन धर्म हिन्दु, बौद्ध र किराँत संस्कृति र परम्परा कमजोर हुँदै गएको बताए ।
उनले लोभलालच, प्रलोभन, भ्रम र त्रास सिर्जना गरी योजनाबद्ध र संगठितरुपमा धर्म परिवर्तन गराउने काम भइरहेको उल्लेख गरेका छन् ।
'धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन गर्न गराउन पश्चिमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेका छन् । केही प्रमुख दलहरूले धर्म परिवर्तनलाई संरक्षण प्रदान गरिरहेका छन् । राष्ट्रको पहिचान र एकताको आधार कमजोर बनाउने षड्यन्त्र भइरहँदा नागरिक समाज, बुद्धिजीवी वर्ग र आमसञ्चार माध्यमहरू उदासीन रहनु उदेकलाग्दो छ', उनले भने', सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति अब संघर्षमा उत्रनु बाहेक अर्को विकल्प छैन।
सनातन धर्म संस्कृतिका पक्षधरलाई संयुक्त र एकताबद्ध संघर्षको तयारीमा जुट्न राप्रपा नेपालले आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण