चिनियाँ पर्यटक मृत फेला
बुधबार, १५ चैत २०७९, १९ : ४३
पोखरा । भीरबाट खसेर चिनियाँ पर्यटक मृत भेटिएका छन् । पथ पर्यटनको क्रममा मनाङको नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भिरबाट लडेर ‘झाङ जी’को मृत्यु भएको गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीले बताए ।
प्रहरीका अनुसार ती पर्यटक खोत्रो भीरबाट २ सय मिटर तल खसेका थिए । घटना लगत्तै नेपाल प्रहरी, स्थानीय नागरिकको सहयोगमा उद्धार गरेको थियो ।
मर्स्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिँड्ने क्रममा ‘जी’ बाटोबाट तल खसेका थिए । दुर्घटना हुनसाथ जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले उद्धार गरी प्राथमिक उपचार गरेको थियो ।
घाइते जीको स्वास्थ्य अवस्था गम्भीर भएकाले उपचारको लागि लमजुङको बेसिशहर ल्याइएपनि बुधबार मृत्यु भएको उपरीक्षक चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण