म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त, अमेरिकाको निन्दा
४० राजनीतिक दलको वैधानिकता खारेज गर्ने म्यानमारको सैन्य सरकारको अमेरिकाले निन्दा गरेको छ । यी दलमा नोबेल शान्ति पुरस्कार पाउने आङ सान सूकीको दल नेशनल लिग फर डेमोक्रेसीमा पनि समावेश छ ।
एएफपीको रिपोर्टका अनुसार म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार नेसनल लिग फर डेमोक्रेसीलाई सेनाको निर्वाचन कानुन अन्तर्गत पुनः दर्ता गर्न असफल भएकोमा भङ्ग गर्ने घोषणा गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘नेसनल लिग फर डेमोक्रेसी लगायत ४० राजनीतिक दलहरू भङ्ग गर्ने बर्माको सेनाको निर्णयको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।’
सन् २०२१ मा सुकी सरकारलाई अपदस्थ गरेपछि अहिले सैन्य शक्ति पहिलो पटक चुनावतर्फ अघि बढिरहेको छ । सैन्य शक्तिका आलोचकहरूका अनुसार यी चुनावको उद्देश्य सेनाको शक्ति बढाउनु हो ।
यी चुनावबारे अमेरिकाले भनेको छ, ‘बर्मामा कुनै पनि चुनाव सबै सरोकारवालाहरूको सहभागिता बिना स्वतन्त्र वा निष्पक्ष मानिने छैन र सैन्य शासनको व्यापक विरोधलाई ध्यानमा राख्दै, चुनाव गराउने एकपक्षीय निर्णयले अस्थिरता बढाउने सम्भावना छ ।’
अमेरिकाले म्यानमारको आलोचना गर्दै उसको पूर्ववर्ती नाम बर्माको प्रयोग गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण