बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्दै जसपा प्रदेश समिति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आज बारा २ का लागि उम्मेदवारमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गर्ने भएको छ ।
हिजो बारा २ को जसपा क्षेत्रीय भेलाले जिल्ला समितिलाई पठाएको थियो । जिल्ला समितिले पनि हिजै प्रदेश समितिलाई समितिलाई पठाइसकेको छ । आज त्यसमा छलफलका लागि मधेस प्रदेश समितिको बैठक बस्दैछ । सो समितिले बारा २ को उपनिर्वाचनका लागि उम्मेदवारमा उपेन्द्र यादवको नाम सिफारिस गर्ने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
बारा २ बाट प्रतिनिधि सभा सदस्यमा जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो । सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन गइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यहाँबाट उम्मेदवारी दिने लगभग निश्चित भएको छ । अध्यक्ष यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण