कर्णालीका ३८ हजार ९७० जना परीक्षार्थी एसईईमा सहभागी
सुर्खेत । शुक्रबार बिहान ८ बजेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कर्णालीका ३८ हजार ९७० जना विद्यार्थीहरू सहभागी हुँदैछन् ।
१७९ वटा परीक्षा केन्द्र रहेको कर्णालीमा १९ हजार ३०१ जना छात्र र १९ हजार ६७९ छात्राले आज एसईई दिन लागेका हुन् ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दीपा हमालका अनुसार परीक्षार्थी सङ्ख्या १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबै भन्दा कम डोल्पामा रहेका छन् ।
३२ वटा परीक्षा केन्द्र रहेको सुर्खेतबाट ९ हजार १३९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । ३ वटा परीक्षा केन्द्र रहेको रुकुम पश्चिममा ४ हजार २१६ विद्यार्थी र २५ वटा परीक्षा केन्द्र रहेको सल्यानबाट ४ हजार ९८३ विद्यार्थीले परीक्षा दिँदै छन् ।
हिमाली जिल्लाहरूमा भने विद्यार्थी र परीक्षा केन्द्रको सङ्ख्या न्यून रहेको छ । ६ वटा परीक्षा केन्द्र रहेको हुम्लामा १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । यस्तै मुगुका ७ परीक्षा केन्द्रमा १ हजार ६६६, डोल्पाका ४ परीक्षा केन्द्रमा ६९८ जना परीक्षार्थी रहेका छन् ।
यस्तै २१ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७६६, १७ परीक्षा केन्द्र रहेको जुम्लामा २ हजार ८७७ जना परीक्षार्थी रहेका छन् । २० वटा परीक्षा केन्द्र रहेको जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी रहेका छन् ।
जम्मा ३८ हजार ९७० जना मध्ये नियमिततर्फ ३७ हजार ९०० र ग्रेड वृद्धितर्फ १ हजार ७० जना परीक्षार्थी रहेको निर्देशक हमालले रातोपाटीलाई जानकारी दिइन ।
हमालका अनुसार अघिल्लो वर्षको भन्दा ३ वटा परीक्षा केन्द्र बढेको छ भने विद्यार्थीको सङ्ख्यमा खासै वृद्धि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण