इमानदारीको राजनीति होस् भनेर मैले पुनः विश्वासको मत लिने निर्णय गरेको हुँ : मुख्यमन्त्री शर्मा
शुक्रबार, १७ चैत २०७९, १५ : ३८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्पष्टता र इमानदारीको राजनीति होस् भनेर मैले पुनः विश्वासको मत लिने निर्णय गरेको बताएका छन् । उनले प्रदेश सभाको नवौँ बैठकमा विश्वासको मत माग्दै यस्तो बताएका हुन् ।
उनले सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै पनि सम्झौता नगर्ने बताए । शर्माले प्रदेशमा भ्रष्ट्राचार न्यूनीकरण र सुशासनका सन्दर्भमा सरकार कटिबद्ध रहेको बताए ।\
उनले सम्भावनाले भरिएको प्रदेश भए पनि हरेक दृष्टिकोणले पछि परेकाले विकास र परिवर्तनका क्षेत्रमा अग्रसर हुनुपर्ने बताए । त्यसका लागि रोजगार र पूर्वाधारका क्षेत्रमा सरकार अग्रसर भइरहेको उनको भनाइ छ । प्रदेश संरचनालाई चुस्त, दुस्त बनाउनतर्फ सरकार अग्रसर भइरहेको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण