सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इमानदारीको राजनीति होस् भनेर मैले पुनः विश्वासको मत लिने निर्णय गरेको हुँ : मुख्यमन्त्री शर्मा

शुक्रबार, १७ चैत २०७९, १५ : ३८
शुक्रबार, १७ चैत २०७९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्पष्टता र इमानदारीको राजनीति होस् भनेर मैले पुनः विश्वासको मत लिने निर्णय गरेको बताएका छन् । उनले प्रदेश सभाको नवौँ बैठकमा विश्वासको मत माग्दै यस्तो बताएका हुन् ।
उनले सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै पनि सम्झौता नगर्ने बताए ।  शर्माले प्रदेशमा भ्रष्ट्राचार न्यूनीकरण र सुशासनका सन्दर्भमा सरकार कटिबद्ध रहेको बताए ।\

उनले सम्भावनाले भरिएको प्रदेश भए पनि हरेक दृष्टिकोणले पछि परेकाले विकास र परिवर्तनका क्षेत्रमा अग्रसर हुनुपर्ने बताए ।  त्यसका लागि रोजगार र पूर्वाधारका क्षेत्रमा सरकार अग्रसर भइरहेको उनको भनाइ छ ।  प्रदेश संरचनालाई चुस्त, दुस्त बनाउनतर्फ सरकार अग्रसर भइरहेको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप