माओवादीले उपनिर्वाचनमा उम्मेदवारका बारेमा भोलि टुङ्गो लगाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उठाउने उम्मेदवारका विषयमा भोलिसम्म टुङ्गो लगाउने भएको छ । माओवादीले चितवन २, तनहुँ १ र बारा २ बाट उठ्ने उम्मेदवारका विषयमा ठोस निर्णय गर्ने भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आ आफ्नो उम्मेदवार टुङ्गो लगाए पनि माओवादीले निर्णय गरिसकेको छैन ।
तनहुँ एकमा पार्टी कोषाध्यक्ष श्रीराम ढकाललाई प्रस्ताव गरे पनि अस्वीकार गरेका छ्न । उम्मेदवार र स्वास्थ्यका कारण चुनाव लड्न नसक्ने ढकालले बताएका छन् । "हामीले तीन उपचुनावमा उम्मेदवारका विषयमा कुनै निर्णय गरेका छैनौ । गठबन्धन बैठकमा छलफल हुने छ । त्यसपछि निर्णयमा पुग्ने छौँ" ढकालले भने, ‘भोलि बिहानसम्म उम्मेदवार उठाउने कि अरूलाई सघाउने निर्णय हुन्छ ।’ उपचुनावमा निर्वाचित हुन कठिन देखिएपछि पार्टीका धेरै नेताहरूले सक्रियता देखाएका छैन । उपचुनावमा माओवादीले कसरी अघि बढ्ने भन्ने भोलि नै निर्णय गरेपछि मात्रै थाहा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण