तनहुँ–१ मा उपनिर्वाचन लड्न पार्टीले गरेको सिफारिस माओवादी नेता ढकालद्वारा अस्वीकार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल ‘प्रशान्त’ ले तनहुँ– १ मा पार्टीका तर्फबाट उम्मेदवारका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै ढकालले तनहुँ जिल्ला पार्टी र तनहुँ काठमाडौँ सम्पर्क समन्वय समितिले उम्मेदवारका लागि गरेको सिफारिस अस्वीकार गरेका हुन् ।
उनले आफ्नो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिावबकीय भूमिकामा रहने सोचाई भएकोले वैशाख १० गते हुने उपर्विाचनमा उम्मेदवार नहुने बताएका छन् ।
जारी विज्ञप्तिमा उनले भनेका छन्– ‘मेरो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिभावकीय भूमिकामा रहने सोचाई भएकोले म आगामी वैशाख १० गते हुन गैरहेको उपनिर्वाचनमा तनुहँ जिल्ला क्षेत्र नम्बर १ को उम्मेदवार नहुने घोषणा गर्दछु ।’ माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव समेत रहेका ढकालले अबको पार्टी र राजनैतिक आन्दोलनको नेतृत्व युवा पंक्तिबाट हुनुपर्ने भन्ने आफ्नो मान्यता रहेको बताउँदै पार्टीका तर्फबाट हुने युवा उम्मेदवारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
ढकालले उम्मेदवारका रुपमा सिफारिस गर्ने तनहुँ जिल्ला पार्टी र तहनुँ काठमाडौँ सम्पर्क समन्वय समितिलाई धन्यवाद दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ सहित बारा र चितवनमा पनि वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण