बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शून्य समयमा सांसद : सरकारले फेरि मिटरब्याजी पीडितलाई धोका दियो

आइतबार, १९ चैत २०७९, १३ : ५८
आइतबार, १९ चैत २०७९

काठमाडौँ । सांसदहरुले मिटरब्याजी पीडितलाई सरकारले फेरि धोका दिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद ठाकुर गैरेले सरकारले मिटरब्याजीहरुबाट पीडित भएका व्यक्तिहरुमाथि सरकारले अर्को धोकाधढी गरेको बताएका हुन् । 

उनले भने– ‘सरकारले मिटरब्याजी पीडितमाथि फेरि धोकाधढी गरेको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर फेरि यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ काम भएको छ यसमा सुधार हुनुपर्छ र तत्काल पीडकहरुले कारवाही पाउनुपर्छ भन्ने कुरालाई सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले शून्य समय र विशेष समयमा उठेका कुराहरु सरकारले, मन्त्रीले, प्रधानमन्त्रीले जवाफ दिनुनपर्ने नियम अनुसार नै चलेको हो भन्दै प्रश्न गरे ।  यस्तै अर्का सांसद तेजुलाल चौधरीले शनिबार सरकार र मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति भएको उल्लेख गर्दै सो सँगै पुरानो प्रतिवेदन पनि पेस भएकोले त्यसको कार्यान्वयनका लागि माग गरे । 
उनले प्रत्येक जिल्ला तथा स्थानीय तहमा खुलेका बैंक तथा वित्तिय संस्थामा वित्तिय पहुँच न्यून देखिएको भन्दै यस्ता संस्थाले टोल टोलमा पुगेर बैंकिङ शिक्षा दिनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप