आरआर क्याम्पसमा चैत २७ मा स्ववियु निर्वाचन गर्ने सर्वपक्षीय सहमति
आइतबार, १९ चैत २०७९, १४ : २२

काठमाडौँ । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २७ गते हुने भएको छ । आइतबार सकेको सर्वपक्षीय बैठकमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको नेविसंघका नेता अशोकसिंह विष्टले बताए । विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।
स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए । अनेरास्ववियु (एमाले) लाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका थिए । क्याम्पस प्रशासनले नयाँ निर्वाचन अधिकृत तोक्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २७ माम निर्वाचन गर्ने सहमति भएको विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इन्डियाद्वारा काठमाडौँ - बैंङ्लोर सीधा उडान
-
पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन आइतबार पनि स्कर्टिङ
-
प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च
-
लुम्बिनी प्रदेश : नयाँ सांसद पठाउन आन्तरिक छलफलमा जनमत पार्टी
-
राउटेमाथि किन भइरहेका छन् दुर्व्यवहारका घटना ?
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’