कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छः सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको सोमवार सय दिन पुग्दैछ । प्रधानमन्त्री प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने पुस ११ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।
सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानून निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । उनले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरु व्यवस्थित हुँदै गरेको बताइन् । त्यस्तै किसानको समस्या
समाधान गर्न दुध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताइन् । ‘मुलतः कानून निर्माणको क्षेत्रमा, सेवा प्रवाहको क्षेत्रमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ सय दिनको अवधिमा । सेवा प्रवाहको क्षेत्रमा हेर्दाखेरी भीडभाड हुने ठाउँहरुमा सरकारले क्यू सिस्टम हटाउने भनेको थियो । क्यू सिस्टम धेरै व्यवस्थित हुँदै गएको छ । र यो छोटो समयमा त्यो पूर्ण रुपमा व्यवस्थित भएर जानेछ । अर्कोकुरा अर्थतन्त्रमा जुनखालको डामाडोलको स्थिति थियो, यसको वाह्य स्वरुप सुधार भएको छ’, उनले भनिन्, ‘किसानका समस्यासँग सम्बन्धित भएर दुधको मूल्यदेखि लिएर गहुँको समर्थन मुल्य तोक्ने लगायतका विषयहरु जतिपनि छन् । ति विषयहरुलाई पनि सरकारले समयमै सम्बोधन गरेको छ ।’
उनले पाठ्यपुस्तक समयमै पु¥याउने गरी सरकारले तयारी गरेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण